२०८३ बैशाख ३, बिहीबार ११:१६ गते
नेपाली समय

बाढी प्रभावितलाई बी–ग्रुपको सहयोग

२०७९ आश्विन २५ गते, मंगलवार समय: १०:४८ मिनेट

बर्दिया
भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केएर नेपालसँग साझेदारी गरी लगातार ५ दिन देखि निरन्तर भएको वर्षाका कारण कर्णाली नदीमा बाढीले गर्दा विस्थापित भई सुरक्षित आश्रय स्थलमा बसेकाहरुका लागि सन्चालन गरिएको सामुहिक भान्साका लागि आवश्यक पर्ने चामल, दाल, आलु लगाएतका खाद्य सामग्री राजापुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

Advertisement 1

कर्णाली नदिमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित भएका घरपरिवारहरु समुदायको सुरक्षित स्थानमा बसेका छन् र उनीहरुलाई नगरपालिकाले सामुहिक भान्छामा खाना तयार गरी खुवाइरहेको छ ।

राजापुर नगरपालिकासँगको सम्न्वयमा संस्थाले चामल ६०० किलो, दाल १२० किलो, खाने तेल ६० लिटर, नुन १२ किलो, सोयाविन ६० किलो, खुर्सानी ६ किलो र आलु ३०० किलो गरी जम्मा ८५ हजार मुल्य बराबरको खाद्य सामग्री राजापुर नगरपालिकालाई हस्तान्तरण गरेको कुरा संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले बताए ।

Advertisement 2

सामग्री वितरणमा सहभागी भएका संस्थाका कार्यक्रम संयोजक दिनेश चौधरीले ६ वटा स्थानमा सामुहिक भान्सा सन्चालन भईरहेको र उक्त स्थानमा १३ सय भन्दा बढी बाढी प्रभावितहरुले खाना खाईरहेको कुरा बताए ।

सम्बन्धित समाचार