२०८३ बैशाख ३, बिहीबार ११:१७ गते
नेपाली समय

आधिकारिक उम्मेदवारलाई विजय बनाउन प्रतिवद्धता 

२०७९ आश्विन २५ गते, मंगलवार समय: १९:५९ मिनेट

नेपालगन्ज
नेकपा एमाले जानकी गाउँपालिका कमिटीले नेकपा एमालेले उठाएका आधिकारिक उम्मेदवारलाई विजय बनाउन पार्टी कमिटी एकढिक्का भएर लाग्ने प्रतिवद्धता जनाएको छ ।

Advertisement 1

 

गाउँकमिटीका अध्यक्ष खिमप्रकाश विष्टले आज एक विज्ञप्ती प्रकाशित गरी जानकीको पार्टी संगठन छोडेर कोही पनि कतै नगएको स्पष्ट पार्दै पार्टीमा नेतृत्वलाई केही दिन अगाडि दवाव सृजना गरेको भए पनि पार्टी नै छोडेर नगएको बताएका छन् । उनले जानकी गाउँपालिका अन्तरगत नेकपा एमालेमा आवद्ध सबैलाई कुनै पनि भ्रममा नपरी एमालेका आधिकारिक उम्मेदवारलाई जिताउन एक भएर लाग्न अनुरोध गरेको जनाएका छन् ।

Advertisement 2

 

जीवन्त पार्टीमा नेतृत्वलाई दवाव दिनका लागि आन्तरिक संघर्ष भए पनि आफ्नो पालिकामा कोहीले पनि एमाले छोडेर कतै नगएको स्पष्ट पारेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार