बर्दिया
Advertisement 1
अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर ‘गर्ल्स टेक ओभर’ कार्यक्रम सम्पन्न भएको छ । बालिका दिवसको अवसरमा आज मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखको पद आज मधुवन नगरपालिका वडा नंं ५ का सिओसी कक्षाको १७ बर्षीय अनुराधा चौधरीले सम्हालेका छन् ।
मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख ईन्द्रा चुनाराले आफनो पद हस्तान्तरण गरेकी हुन् । त्यसै गरि आज नै मधुवन नगरपालिको वडा नं.२ को सिओसी कक्षाका १७ बर्षीय रचना थारुले वडा सचिवको पद सम्हालेका थिइन् । वडा सचिव चित्रा तिवारी पराजुलीले सचिव पद हस्तान्तरण गर्नु भएको थियो।
Advertisement 2
नेपालका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यालय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिएका छन् । प्लान इन्टरनेसनल नेपालले बालिका दिवसको अवसरमा विश्वभर ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) कार्यक्रम भईरहेको छ ।
नेपालमा पनि बालिका तथा किशोरीलाई पद हस्तान्तरण कार्यक्रम निरन्तरता भईरहेको छ । सो कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले गल्र्स टेकओभर बालिका तथा किशोरीहरुका लागि उत्कृष्ट अवसर भएको बताउनुभयो । साथै उहाँले बालिका तथा किशोरीहरुका आफना सवालमा निर्णायककर्ता, नेता तथा परिवर्तनका संवाहकहरुको दृष्टिकोण परिवर्तन गर्न सफल हुनु पर्नेमा जोड दिनुभयो ।
Advertisement 3
त्यसै गरि मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकुत धर्म प्रसाद न्यौपाने बालिका दिवशको अवसरमा सम्पुर्ण बालिका तथा किशोरीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो । सो कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयरका अनिता चौधरीले बालिका तथा किशोरीहरुलाई उज्ज्वल भविष्यको कामन ब्यक्त गर्नुभयो ।
मंगलबारदेखि अब हाम्रो पालोः हाम्रो अधिकार, हाम्रो भविष्य नारा सहित देशभर ११ औं अन्र्तराष्ट्रिय बालिका दिवस मनाइदैछ । प्लान इन्टरनेसनलको स्टेट अफ त वल्र्डले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका किशोरी र युवा महिलाहरु स्थानीय र राष्ट्रिय दुवै तहमा राजनीतिक सहभागिताको लागि इच्छुक रहेको देखाएको छ ।
सर्वेक्षणमा भाग लिएका मध्ये ९० प्रतिशत भन्दा बढीले राजनीतिमा सहभागी हुनु महत्वपूर्ण भएको, ९२ प्रतिशत किशोरी र युवा महिलाहरुले राजनीतिमा सहभागी भएको केही अनुभव रहेको पाइएको छ ।
रिपोर्ट २९ वटा देशका सबै क्षेत्र, आयस्रोतको अवस्था र नागरिक जीवनको परिस्थिति अनुसार १५ देखि २४ वर्ष उमेर समूहका गरी २९ हजार किशोरी तथा महिला माझ सर्वेक्षण गरेर तयार पारिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
किशोरीहरुले भोगिरहेको संरचनात्मक विभेद विरुद्ध स्थानीय, प्रादेशिक र संघीयस्तरमा किशोरी र बालिकाका सवालमा जिम्मेवार व्यक्ति तथा संस्थाहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
किशोरीहरुले ९ बुँदे ज्ञापनपत्रमा शक्तिमा साझेदारी (इक्वेल पावर नाउ) भन्ने ध्येयका साथ किशोरीका अधिकार, किशोरी र युवा महिलाका राजीनीतिक अधिकार र राजनीतिमा किशोरी र बालिकाका मुद्दाहरुमा गम्भीर हुन अनुरोध समेत गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्