बाँके
लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको ३५ जना उम्मेदवार मध्य पहिलो नम्बरकाे नाम हो प्रमात कुमार श्रेष्ठ । श्रमजीवी वर्गहरुको नेतृत्व क्षेत्रबाट उदायका बाँके जिल्लाका युवा नेता प्रमात जनजाती तर्फका समनुपातिक उम्मेदवार हुन ।
Advertisement 1
राप्रपा नेपालबाट समानुपातिक उम्मेदवार प्रमातको चुनाव चिन्ह तिर हो ।
प्रमात विगत विधार्थी जीवनमा खेलकुदतर्फ फुटबल खेलाडीको रुपमा विभिन्न प्रतियोगितामा सहभागी खेलाडी हुन । नृत्य क्षेत्रमा पनि राष्ट्रियस्तरमा उत्कृष्ट नृत्य निर्देशनसमेत रहेका नृत्य कलाकारको रुपमा प्रमातलाइ बाँकेवासीले चिन्ने गर्छन ।
Advertisement 2
पछिल्लो समयमा सफल व्यवसायीको रुपमा पनि प्रमातले बाँकेमा आफ्नाे नाम स्थापित गर्न सफल भएका छन ।
समानुपातिक उम्मेदवार प्रमात हाल श्रमजीवी वर्गहरुको हक र हितको आवाज बुलन्द पार्दै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को लुम्बिनी प्रदेश प्रमुखको रुपमा आफ्नो जिम्मेवारी सम्माल्दै आइरहेका छन । उनीले राप्रपा नेपाल कोहलपुर नगरपालिकाको नगर अध्यक्षको जिम्मेवारी पनि निभाइ रहेका छन ।
Advertisement 3
उनि आफ्नो उम्मेदवारी श्रमजीवी वर्गहरुको हक र हितका लागि आवाज उठान गर्न रहेको बताउँछन ।









प्रतिक्रिया दिनुहोस्