२०८३ बैशाख ३, बिहीबार १३:०६ गते
नेपाली समय

सबै प्रदेशमा गठबन्धनले कार्यकर्ता भेला गर्दै

२०७९ आश्विन २७ गते, बिहीबार समय: २०:३३ मिनेट

काठमाडाैं

Advertisement 1

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको हो । साथै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । 


जसअनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा (११ बजे, नेकपा(एस) ले व्यवस्थापन गर्ने), कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवल (२ बजे – नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने), कार्तिक ५ गते विराटनगर (११ बजे- नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्न), कार्तिक ५ गते २ बजे जनकपुर (लोसपालाई पनि आमन्त्रण गर्ने र व्यवस्थापन नेपाली काङ्ग्रेसले गर्ने, कार्तिक ६ गते धनगढी (११ बजे व्यवस्थापन नेकपा(माओवादी केन्द्र)ले गर्ने), कार्तिक ६ गते सुर्खेत ( २ बजे,  नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने) र कार्तिक ७ गते काठमाडौँ (११ बजे  – नेकपा(माओवादी केन्द्र) ले व्यवस्थापन गर्ने) भएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी हुने निर्णय गरिएको छ ।

Advertisement 2

त्यस्तै जुन पार्टीले व्यवस्थापन गर्ने हो उसले भेलाको आयोजना गर्नेछ । भेलामा प्रमुख नेताहरु वक्ताहरू हुनेछन् ।

सम्बन्धित समाचार