मौसम महाशाखाका अनुसार अब देशभरमा मौसम सफा रही पनी नपर्ने जनाएको छ ।
Advertisement 1
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ।
आज राति प्रदेश १ का एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
भोलि शनिबार र आइबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।








प्रतिक्रिया दिनुहोस्