२०८३ बैशाख ३, बिहीबार १३:०० गते
नेपाली समय

लैङ्गिक हिंसामा महिलाकै संख्या धेरै

२०७९ आश्विन २८ गते, शुक्रबार समय: १५:३५ मिनेट

बाँके
शुक्रबार बाँकेको नेपालगन्जमा लैङ्गिक हिंसाका विषयमा अन्तरक्रिया गरियो । उक्त कार्यक्रममा उपस्थित सहभागीले नेपाली समाजमा अझै पनि लैङ्गिक हिंसाका घटनाहरुमा महिला नै बढी पीडित भएको बताए । साथै समाजमा हुने लैङ्गिक हिंसाका घटनाहरुमा महिलाहरुलाई नै दोषी देखिने गरिएको उनीहरुले बताए ।

Advertisement 1


रिकभरी नेपालले आयोजना गरेको उक्त कार्यक्रममा रिकभरी नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष इन्द्राकुमारी जिशीले बाध्य भएर महिलाहरुले लैङ्गिक हिंसाका घटनाहरु सहेर बस्नु परेको बताइन् । उनले आफ्नो श्रीमानले दिने यातना एवम् विकल्प नभएका कारण लैङ्गिक हिंसाका घटनाहरु सहेर बस्ने महिलाहरुको संख्या नेपालगन्जमा प्रशस्तै रहेको बताइन् ।


उनले कार्यक्रममा प्रस्तुतिकरण गर्दै महिलाहरु गर्भ अवस्था देखिनै लैङ्गिक हिंसाको सिकार हुँदै आएको बताइन् । उनले भनिन्, ‘महिलाहरुलाई गर्भ अवस्थादेखि शिशु अवस्था, बच्चा अवस्था, किशोर अवस्था, प्रजनन् अवस्था तथा वृद्ध अवस्थामा पनि लैङ्गिक हिंसा गरिन्छ ।’

Advertisement 2


त्यस्तै कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले लैङ्गिक हिंशाका विरुद्ध कानुन बनेता पनि प्रयाप्त नभएको र कम सजाय तोकिएको बताइन् ।
लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सवैधानिक व्यवस्था (धारा १८) मा समान कामका लागि लैङ्गिक आधारमा समान ज्यालादर, समान वंशीय हकको व्यवस्था गरिएको छ । त्यस्तै पीडितले चाहेमा सिधैं प्रहरी, राष्ट्रिय महिला आयोग, स्थानीय तहमा लिखित तथा मौखिक उजुरी दिने प्रावधान रहेको छ । साथै पिडित व्यक्तिले ९० दिनभित्र सिधैं अदालतमा उजुरी दिन मिल्ने पनि प्रावधान रहेको छ । जुन प्रावधान जुन सुकै व्यक्तिमा पनि लागू हुने व्यवस्था रहेको छ ।


तर सो व्यवस्था भएता पनि पीडित महिलाले आफ्नो विकल्प नभएका कारण उजुरी दिन वा न्यायका लागि कारबाहीको माग गर्न नसकेको कार्यक्रमका सहभागीले बताए ।

सम्बन्धित समाचार