२०८३ बैशाख ३, बिहीबार १२:५८ गते
नेपाली समय

मंसिर मसान्तसम्म आयातमा प्रतिबन्ध

२०७९ आश्विन २८ गते, शुक्रबार समय: २१:०४ मिनेट

काठमाण्डौ

Advertisement 1

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयातमा मंसिर मसान्तसम्म प्रतिबन्द गर्ने निर्णय गरेको हो। सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), एक सय ५० सिसी माथिका मोटरसाइकलमा अर्को सूचाना जारी नभएसम्म आयात गर्न पाइने छैन।

विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको थियो। 

सम्बन्धित समाचार