बाँके –
Advertisement 1
प्रतिनिधि सभामा बाँकेको क्षेत्र नम्बर –३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आफू राजनीतिक नभई समाजसेवा गर्नका लागि आएको बताएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएका राठौरले शनिबार नेपालगन्जमा प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो उम्मेदवारी क्षेत्र नम्बर – ३ को परिवर्तनका लागि रहेको बताए ।
‘मलाई कुनै सम्पत्ति कमाउनु छैन । न त मेरो कुनै व्यत्तिगत स्वार्थ नै पूरा गर्नु छ । मेरो उम्मेदवारी समाज परिवर्तनका लागि हो । हामीले देखेका सपना पूरा गर्नका लागि हो । यदि मलाई मोजमस्ति कै जीवन बिताउनु थियो वा सम्पत्ति कमाउनु नै थियो भने म ब्यापार व्यावसाय संचालन गरेर बस्थेँ,’ राठौरले भने । उनले कार्यक्रममा राजनीति गर्ने व्यक्तिले विशुद्ध समाजसेवाको भाव बोक्नु पर्ने बताए ।
Advertisement 2
नेपालगन्जस्थित फुल्टेंग्राका स्थायी वासिन्दा रहेका राठौंरले आफूलाई हराउन समाजमा आफू विपरित भ्रमपूर्ण समाचार फैलाइएको बताए । उनले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विगतमा आफूले बर्दियाबाट चुनाव लडेको समेत प्रष्ट्याए ।
कार्यक्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेक केसीले बाँकेले अभिभावक पाएको बताउँदै बाँके क्षेत्र नम्बर – ३ बाट प्रतिनिधि सभा उम्मेदवार राठौरलाई जिताउनु पर्नेमा जोड दिए । उनले नेपाली कांग्रेस एवम् कांग्रेसका सुभेच्छुक भातृ संघठन एकजुट भएर अघि बढे जित निश्चित रहेको बताए ।
Advertisement 3
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष हेमन्द कर्माचार्यले नेपाली कांग्रेसलाई आफ्नो योगदान दिने समय आएको बताउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर चुनावमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्षले स्थानीय निर्वाचनमा जस्तै प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई पूर्ण सहयोग रहने बताए ।









प्रतिक्रिया दिनुहोस्