२०८३ बैशाख ९, बुधबार १४:१७ गते
नेपाली समय

कांग्रेसको केन्द्रीय परिचालन समितिमा ६ जना थपिय

२०७९ कार्तिक १ गते, मंगलवार समय: ०८:५५ मिनेट

काठमण्डौ

Advertisement 1


नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिमा थप ६ जना सदस्य थप भएका छन्। 

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित( बमोजिम पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिमा सदस्य थपेका हुन् ।

Advertisement 2


उनले सोमबार डा. आरजु राणा देउवा, खिलानाथ दाहाल, आनन्दसन्तोषी राई, तिलक रानाभाट, तारा श्रेष्ठ र किरणप्रसाद गजुरेललाई मनोनयन गरेका हुन्। देउवाले आइतबार  श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका थिए । समितिमा पार्टीका अधिकांश समानुपातिक उम्मेदवारलाई समेटिएको छ । 


समितिमा नेताहरु रामशरण महत, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु उमा रेग्मी, जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेल, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई र चिनकाजी श्रेष्ठलगायत छन् । 

Advertisement 3

सत्ता गठबन्धन दलले भने चुनाव परिचालन समितिको संयोजकमा रामचन्द्र पौडेललाई यसअघि नै चयन गरिसकेका छन् ।

सम्बन्धित समाचार