२०८३ बैशाख ५, शनिबार १७:१७ गते
नेपाली समय

अरिंगालको टोकाइबाट आमा, छोरीको मृत्यु

२०७९ कार्तिक १ गते, मंगलवार समय: १४:०७ मिनेट

सल्यान –

Advertisement 1


सल्यानमा अरिंगालको टोकाइबाट आमा, छोरीको मृत्यु भएको छ । सोमबार दिउँसो खेतमा धान काटेर घर फर्कने क्रममा अरिंगालको टोकाइबाट घाइते भएकी सिद्धकुमाख गाउँपालिका–१, पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


अरिंगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा ल्याइएको थियो । थप उपचारका लागि कोहलपुर लैजाने क्रममा राति बाटोमै आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Advertisement 2


अरिँगालकै टोकाइबाट शोभाका अंकल २१ वर्षीय घाइते भएका छन् । उनको उपचार भइरहेको छ । अरिँगालले तीनजनालाई सँगै टोकेको थियो ।

सम्बन्धित समाचार