२०८३ बैशाख ५, शनिबार १७:१६ गते
नेपाली समय

बाँके कांग्रेसद्वारा बृहत कार्यक्रम गर्दै

२०७९ कार्तिक २ गते, बुधबार समय: २१:०६ मिनेट

बाँके –

Advertisement 1


नेपाली कांग्रेस प्रचारप्रसार समिति बाँकेले कार्तिक ४ गते बृहत कार्यक्रमको आयोजना गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभाा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने विषयमा छलफल गर्न बृहत कार्यक्रमको आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, जिल्ला प्रचारप्रसार समिति बाँकेका संयोजक गोपाल प्रसाद अधिकारीले बताए ।

Advertisement 2

जिल्ला कार्यसमितिका उपसभापति समेत रहेका अधिकारीले पार्टीका केन्द्रीय सहमहामन्त्री एवम् प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाँकेमा गठबन्धनका उम्मेदवार किशोरसिंह राठोरको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम मध्यान्ह १२ बजे नेपालगञ्जस्थित पार्टी कार्यालयमा आयोजना गरिएको बताए । उनले कार्यक्रममा उपस्थित हुन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन् । 

सम्बन्धित समाचार