२०८३ बैशाख ५, शनिबार १७:१५ गते
नेपाली समय

कानुन परिधिभित्र रहेर उम्मेदवारलाई खर्च गर्न आयोगको निर्देशन

२०७९ कार्तिक ३ गते, बिहीबार समय: १३:१७ मिनेट

बाँके –

Advertisement 1


निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई ऐन तथा कानुनको परिधिभित्र रहेरमात्र खर्च गर्न निर्देशन दिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा निर्देशिकाको प्रतिकूल नहुनेगरी उम्मेदवारले खर्च गर्न पाउने अधिकार रहेको आयोगले जनाएको छ ।


निर्वाचन आयोगका उप–सचिव कमल ज्ञवालीका अनुसार आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही मतदाता नामावली खरिद, सवारी साधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रियाका लागि खर्च गर्न सकिनेछ ।

Advertisement 2


त्यसैगरी उप–सचिव ज्ञवालीका अनुसार प्रचार–प्रसारका लागि छापामाध्याममा ७×७ को साइजमा एक पत्रिका वा विद्युतीय माध्यम एफएमबाट प्रतिनिधि सभाका उम्मेदवारले दैनिक एक घण्टाको फरकमा तीनपटकसम्म र प्रदेश सभाका उम्मेदवारले दैनिक एक घण्टाको फरकमा चारपटकसम्म खर्च गर्न सक्ने छ ।


त्यस्तै ज्ञवाली बाजागाजासहित भोट माग्न नपाइने बताए ।

Advertisement 3


राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने उनले बताए ।


यस्तै बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने, घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उनले बताए ।

सम्बन्धित समाचार