२०८२ मंसिर २३, सोमबार ००:४८ गते
नेपाली समय

उम्मेदवारलाई आचारसंहितामा बाँधै निर्वाचन आयोग

२०७९ कार्तिक ३ गते, बिहीबार समय: १५:३१ मिनेट

बाँके –

Advertisement 1


प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ । जसको तयारीका लागि निर्वाचन आयोगसँग अब ३० दिन बाँकी रहेको छ । तीव्र गतिमा निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले यो पटकको निर्वाचनलाई अझै विशेष एवम् शान्तिपूर्ण ढंगले सम्मन्न गर्नका लागि विभिन्न संयन्त्रहरु निर्माण गर्दै उम्मेदवार दिएका उम्मेदवारीहरुलाई आचारसंहितमा बाध्ने कोसिस गरिरहेको छ । साथै यस विपरित जाने व्यक्तिहरुलाई पनि कारबाहीको दायरामा ल्याउने प्रयत्नमा निर्वाचन आयोग रहेको छ ।


निर्वाचन आयोगले यसै विषयलाई लिएर बिहीबार नेपालगन्जमा पत्रकारहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया गरेको । कार्यक्रममा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै निर्वाचन आयोगका उप–सचिव कमल ज्ञवालीले प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई ऐन तथा कानुनको परिधिभित्र रहेरमात्र खर्च गर्न प्रावधान रहेको बताए । उनले निर्वाचन क्षेत्रमा रहेका मतदात, केन्द्रअनुसार उम्मेदवारले खर्च गर्न सक्ने रकम तोकिएको बताए ।

Advertisement 2


मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा निर्देशिकाको प्रतिकूल नहुनेगरी उम्मेदवारले खर्च गर्न पाउने अधिकार रहेको छ ।


निर्वाचन आयोगका उप–सचिव कमल ज्ञवालीका अनुसार आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही मतदाता नामावली खरिद, सवारी साधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रियाका लागि खर्च गर्न सकिनेछ ।

Advertisement 3

निर्वाचन आयोगका उप–सचिव कमल ज्ञवाली


त्यसैगरी उप–सचिव ज्ञवालीका अनुसार प्रचार–प्रसारका लागि छापामाध्याममा ७×७ को साइजमा एक पत्रिका वा विद्युतीय माध्यम एफएमबाट प्रतिनिधि सभाका उम्मेदवारले दैनिक एक घण्टाको फरकमा तीनपटकसम्म र प्रदेश सभाका उम्मेदवारले दैनिक एक घण्टाको फरकमा चारपटकसम्म खर्च गर्न सक्ने छ ।
त्यस्तै ज्ञवाली बाजागाजासहित भोट माग्न नपाइने बताए ।


राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने उनले बताए ।


यस्तै बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने, घरदैलोमा जाँदा उम्मेदवारले पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उनले बताए ।


त्यसैगरी ज्ञवालीले प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले कात्तिक १७ गतेदेखिमात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था रहेको बताए ।


कार्यक्रममा ज्ञवाली र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनका समयमा भ्रामक तथा मिथ्य समाचार पनि समाजिक संजालमा आउने भएकाले निर्वाचन आयोगले प्रेस सेन्टर नै निर्माण गरेको बताए । उनीहरुले उम्मेदवारसँगै समाचार प्रशारण मिडियालाई पनि निर्वाचन आयोगले आचारसंहिताभित्र राख्ने गरेको बताए ।


कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आचारसंहिताको उल्लंघनमा मिडियालाई ‘वाच डग’ को भूमिका निभाउन आग्रह गरेन् । उनले विगतका निर्वाचन जस्तै यसपटक पनि मिडियाबाट निष्पक्ष भूमिकाको निरन्तरता आयोगले खोजेको बताइन् ।


उनले बदर मत घटाउन आयोगले मतदाता शिक्षालाई जोड दिँदै प्रचारप्रसारलाई अगाडि बढाएको उल्लेख गरिन् । आयुक्त तुलाधरले आचारसंहिता पालना कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै मिडियाबाट प्राप्त हुने सूचना र सन्देश आयोगका लागि कोशेढुंगा सावित हुने बताइन् ।


मिडियालाई सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न उनले आग्रह गरिन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तह निर्वाचन २०७९ मा बाँकेमा पत्रकार र मिडियाले खेलेको भूमिकाको सराहना गरे । मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश धनसिंह महराले मतदान कार्य स्वच्छ, निष्पक्ष र भयरहित ढंगले संचालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा उपस्थित पत्रकार

सम्बन्धित समाचार