२०८३ बैशाख ५, शनिबार १८:५७ गते
नेपाली समय

एनआईसी बैंकको संचालकमा लम्साल

२०७९ कार्तिक ३ गते, बिहीबार समय: १५:५८ मिनेट

काठमाडौं –

Advertisement 1


एनआईसी एसिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट केशवप्रसाद लम्साल संचालकमा नियुक्त भएका छन् ।


राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव लिएका लम्साललाई बैंकको बुधबार बसेको संचालक समितिको बैठकले संचालकमा नियुक्त गरेको हो ।

Advertisement 2


लम्सालले एनआईसी एसिया बैंकको संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन् ।


अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्साल राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरूको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।

सम्बन्धित समाचार