काठमाडौं –
Advertisement 1
नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश किरातीको आज (बिहीबार) अपराह्न निधन भएको छ । ३२ वर्षीय किरातीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो ।
किराती दम, सुगर तथा उच्च रक्तचापबाट पीडित थिए । आईसीयुमा उपचार भइरहेको अवस्थामा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
Advertisement 2
उनी रेडियो भोजपुरको स्टेसन म्यानेजर तथा धरानबाट प्रकाशन हुने ब्लाष्ट दैनिकका संवाददाताको रुपमा कार्यरत थिए । उनकी श्रीमती शारदा तामाङसमेत पत्रकार महासंघ सदस्य तथा पत्रकारिता पेसामा संलग्न रहेको महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्