योपटक प्रत्यक्षतर्फ १ सय ६५ सिट भएता पनि कुनै पनि दलले पूरा उम्मेदवारी नदिएको ज्ञवालीले बताए ।
Advertisement 1
बाँके –
आगामी मंसिर ४ गते हुने प्रदेश सभाका लागि लुम्बिनी प्रदेशबाट ५९ प्रतिशत दलले मात्र बन्दसूचि बुझाएका छन् । निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा निवेदन दिएका ५४ दलमध्ये बन्दसूचि दर्ता गर्ने दलको संख्या ३२ मात्र रहेको छ ।
Advertisement 2
त्यस्तै निर्वाचन आयोगका उप–सचिव कमल ज्ञवालीका अनुसार समानुपालिक सिटतर्फ भने ३५ निवेदन परेका छन् ।
प्रतिनिधि सभाका लागि भने ७० प्रतिशतले निवेदन बुझाएका छन् । उप–सचिव ज्ञवालीका अनुसार ६८ दलले बन्दसूचिका लागि निवेदन दिएका थिए । जसमा ४८ दलले बन्दसूचि दर्ता गराएका छन् । समानुपातिक भने १ सय १० सिट दर्ता भएको छ ।
Advertisement 3
प्रदेश सभाका लागि सुदूरपश्चिम प्रदेशमा भने ५० दलले निवेदन दिएका थिए । जसमा ३४ दलले बन्दसूचि दर्ता गराएका छन् भने २१ दलमात्र समानुपालिकमा आएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा ४९ दलले निवेदन दिएकोमा २८ दलले मात्र बन्दसूचि दर्ता गराए । समानुपालिक तर्फ १६ दल रहेका छन् ।
गण्डकी प्रदेशमा पनि निवेदन दिने भन्दा बन्दुसूचि दर्ता गराउने दलको संख्या धेरै न्यून रहेको छ । गण्डकीमा ५२ दलले निवेदन दिएका थिए । जसमा ३१ दलले मात्र बन्दसूचि दर्ता गराए । साथै समानुपातिकतर्फ ४४ दल रहेका छन् ।
बागमती प्रदेशमा पनि त्यस्तै अवस्था रहेको छ । बागमतीमा ५८ दलले निवेदन दिएकोमा ४० दलमात्र बन्दसूचिमा आए । ४४ दल भने समानुपालिकतर्फ आएका छन् ।
मधेस प्रदेशमा ५९ दलले निवेदन दिएका थिए । जसमा ३६ दललेमात्र बन्दसूचि दर्ता गराए भने ४३ दल समानुपालिकतर्फ आए ।
प्रदेश १ मा पनि त्यस्तै अवस्था रहेको छ । प्रदेश १ मा ५५ दलले निवेदन दिएकोमा ३६ दलमात्र बन्दसूचिमा आएको उप–सचिव ज्ञवालीले बताए । समानुपातिकतर्पm ३७ दलमात्र रहेका छन् ।
निर्वाचन आयोगका अनुसार निर्वाचनको प्रत्यक्षतर्फ ६१ दल र समानुपालिकतर्फ ४६ दलको सहभागिता रहेको छ ।
न्यून सहभागिता
उप–सचिव ज्ञवाली यसपटकको निर्वाचन आयोगले सोचेभन्दा कम उम्मेदवारले उम्मेदवारी दिएको बताउँछन् । ज्ञवालीका अनुसार यसपटकको निर्वाचनमा महिलाको उम्मेदवारी धेरै नै न्यून रहेको छ ।
यसपटक प्रत्यक्षतर्फ कूल उम्मेदवारमा महिलाको सहभागिता ९ प्रतिशतमात्रै रहेको ज्ञवालीले बताए । । कूल २ हजार ४ सय १२ जनाको उम्मेदवारीमा पुरुषको २ हजार १ सय ७६ र महिलाको २ सय २५ उम्मेदवारी परेको छ ।
त्यस्तै योपटक दलिदको ४, मुस्लिमको ३, थारुको २, आदिवासीको २६ प्रतिशत सहभागिता रहेको छ ।
योपटक प्रत्यक्षतर्फ १ सय ६५ सिट भएता पनि कुनै पनि दलले पूरा उम्मेदवारी नदिएको ज्ञवालीले बताए । यसपटक सबैभन्दा बढी प्रत्यक्षतर्फ नेकपा एमालले १ सय ४१ उम्मेदवार दिएको छ । त्यस्तै राप्रपाले १ सय ४० र स्वातन्त्र पार्टीले १ सय ३१ उम्मेदवारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्