बाँके –
Advertisement 1
बाँकेस्थित नेपालगन्ज निवासी समाजेसी बिन्दु चर्तीमगरको नेतृत्वमा बाढी प्रभावितलाई शुक्रबार सहयोग गरिएको छ । गत असोज महिनामा आएको अविरल वर्षा कारण बाढीले प्रभावित पारेको नेपालगन्ज उप–महानगरपालिकाका वासिन्दालाई राहत सहयोग गरिएको हो ।
चर्तिमगरको नेतृत्वमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० र २२ मा राहत वितरण गरिएको हो । जहाँ १ सय ६० घरधुरीलाई चामल, दाल, तेल, नुन, साबुन, टुथ ब्रस, पेस्ट, टावेल, सेनेटरी प्याडलगायतका सामग्री वितरण गरिएको छ ।
Advertisement 2
बाढीबाट प्रभावित २० नम्बर वडाको राझाँ र २२ नम्बर वडाको किंगरियन टोलका बासिन्दा दैनिक जीवन चलाउन समस्या परिरहेको खबर थाहा पाएपछि सहयोग गरिएको समाजसेवी चर्तीमगरले भूगोल खबरलाई बताइन् ।
सावर एक्सन हङकङ चाइनाको सहयोगमा शुक्रबार भोलेन्टीयर कोर नेपालले बाँके नेपालगन्ज नगरभित्रका बाढी पिडितलाई सहयोग गरेको थियो ।
Advertisement 3
भोलेन्टीयर कोर नेपालका अध्यक्ष दिपक चापागाई, भोलेन्टीयर कोर नेपालका स्थानीय प्रतिनिधि बिन्दु चर्तीमगर, चेत बहादुर घर्तीमगरको अगुवाईमा राहत वितरण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्