२०८२ मंसिर २२, आईतवार ०९:४७ गते
नेपाली समय

१५ हजारको ल्यापटप सार्वजनिक

२०७९ कार्तिक ५ गते, शनिबार समय: ११:०९ मिनेट

एजेन्सी –

Advertisement 1


भारतको बजारमा १५ हजार रुपैयाँको नयाँ ल्यापटप सार्वजनिक भएको छ । रिलायन्स जियोले बिहीबार रिलायन्स जियोबुक सार्वजनिक गरेको हो ।


भारतीय बजारमा जियोबुकको बजार मूल्य जम्मा १५ हजार सात सय ९९ भारतीय रूपैयाँ तोकिएको छ । ग्राहकहरूले यो रिलायन्स डिजिटलको आधिकारिक वेबसाइटबाट खरिद गर्न सक्छन् ।
रिलायन्स जियोबुकमा ११.६ इन्चको डिस्प्ले प्यानल पाउन सकिन्छ ।

Advertisement 2

यसमा स्टिरियो स्पिकर दिइएको छ भने दुई मेगापिक्सलको वेब क्यामेरा छ । यसमा दुई जिबी ¥याम र ३२ जिबी आन्तरिक स्टोरेज दिइएको छ । ल्यापटपको स्टोरेज १२८ जिबीसम्म बढाउन सकिन्छ ।


ल्यापटमा दुई युएसबी पोर्ट दिइएको छ भने एउटा एचडिएमआई मिनी पोर्ट, ३.५ एमएमको हेडफोन ज्याक र माइक्रो एसडी कार्ड स्लट पनि पाउन सकिन्छ ।

Advertisement 3


नयाँ जियोबुक क्वालकम स्न्यापड्रागन ६ सय ६५ चिपसेटमा आधारित छ । यसमा ५ हजार एमएएचको ब्याट्री प्याक दिइएको छ । कम्पनीले दाबी गरेअनुसार एक पटक पूरा चार्जपछि यो ल्यापटपमा ८ घण्टाभन्दा बढी निरन्तर काम गर्न सकिन्छ ।


यो ल्यापटपमा प्रयोगकर्ताहरूले एप स्टोरको पहुँच जियोस्टोरमार्फत पाउन सक्छन्।


प्रविधि वेबसाइट बिजनेस टुडेका अनुसार नयाँ जियोबुक एक बजेट–रेन्ज ल्यापटप हो। यो ल्यापटप विशेष गरी विद्यार्थी वर्गलाई लक्षित गरी तयार पारिएको छ ।

सम्बन्धित समाचार