एजेन्सी –
कतारमा हुने लागेको विश्वकप २०२२ का सबै खेलहरू हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनबाट दुईवटा च्यानलबाट खेलहरू प्रसारण गर्नेगरी तयारी भइरहेको हिमालय टेलिभिजनले जनाएको छ ।
Advertisement 1
अब फिफाले यसपटक दक्षिण एसियाली देशहरूमा जियो लकसहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरू हेर्न पाइने छ ।
नेपालका लागि भने प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ । सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरन्तर रूपमा मिडिया हबले लिँदै आएको छ ।
Advertisement 2
एक्सक्लुसिभ अधिकारका कारण यसपटक नेपालका लागि फुटबल राइट्सको मूल्य अघिल्लो पटकभन्दा ६ गुणा महँगो परेको मिडिया हबले जनाएको छ । योपटक प्रसारण अधिकारका लागि मिडिया हबले २५ करोड रुपैयाँभन्दा धेरै तिर्नुपरेको छ भने प्राविधिक र अन्य खर्च जोड्दा ४२ करोड रुपैयाँभन्दा धेरै खर्च हुने मिडिया हबले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्