बाँके –
Advertisement 1
बाँके जिल्लाको पहिलो प्रज्ञा प्रतिष्ठानको रुपमा परिचित ‘खजुरा प्रज्ञा प्रतिष्ठान’को उपकुलपतिमा डा.इन्द्रबहादुर भण्डारी नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवम् खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उपकुलपतिमा डा.भण्डारीलाई नियुक्त गरेका हुन् ।
उपकुलपति डा.भण्डारी महेन्द्र बहुमुखी क्याम्पसका शिक्षा संकाय सहायक क्याम्पस प्रमुख एवम् ज्ञानोदय पब्लिक क्याम्पसका संस्थापक हुन् । उनी नेपालगन्जबाट प्रकाशित ‘कर्पोरेट पश्चिम’म्याग्जिन तथा भूगोल खबरका सम्पादकसमेत हुन् ।
Advertisement 2
शनिबार खजुरामा ‘खजुरा प्रज्ञा प्रतिष्ठान‘को स्थापना दिवश तथा घोषणा समारोहमा कुलपति एवम् अध्यक्ष बिकले प्रतिष्ठानको घोषणा सार्वजनिक गर्दै प्रतिष्ठानका अन्य सदस्यको नाम पनि सार्वजनिक गरे ।
प्रतिष्ठानको सदस्यहरुमा मणिदेव अर्याल, माधव शर्मा, कल्पना पौडेल र गाउँपालिका लेखा अधिकृत प्रदीप सुनार रहेका छन् । त्यस्तै प्रतिष्ठानको सहकुलपतिमा भने पालिका उपाध्यक्ष मञ्जु मल्ल रहेकी छिन् ।
Advertisement 3

कार्यक्रममा कुलपति एवम् पालिका अध्यक्ष विकले खजुरा गाउँपालिकाद्वारा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र उत्थानका लागि ‘खजुरा प्रज्ञा प्रतिष्ठान’को स्थापना गरिएको बताए । उनले भने, ‘पालिकामा रहेको कला, संस्कृति, भाषा, साहित्यको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवन्धन जस्ता कार्यक्रमहरु प्रतिष्ठानले संचालन गर्नेछ । खजुरामा रहेका साहित्यिक कृतिहरु प्रकाशन जस्ता कामहरु प्रतिष्ठानले गर्नेछ ।’
त्यस्तै कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.भण्डारीले खजुरा प्रज्ञा प्रतिष्ठानले प्रज्ञा परिषद् र प्रज्ञा सभा गरी दुई विधामा काम गर्ने बताए । उनले प्रज्ञा परिषदमा ५ जना र प्रज्ञा सभामा १५ जना रहने बताए ।
उनले समाज विकासका लागि सांस्कृतिक क्रान्ति आवश्यक रहेकाले यस क्षेत्रमा खजुरा प्रज्ञा प्रतिष्ठानले विशेष भूमिका खेल्ने बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष एवम् सहउपकुलपति मल्लले प्रज्ञा प्रतिष्ठानको माध्यामबाट पालिकामा रहेका सबै संस्कृतिको जगेर्ना गर्र्ने कामलाई प्राथमिकता दिन सकिने बताइन् ।











प्रतिक्रिया दिनुहोस्