२०८३ बैशाख ५, शनिबार २०:४६ गते
नेपाली समय

नदीमा डुबेर दुईजना बेपत्ता

२०७९ कार्तिक ५ गते, शनिबार समय: १८:१८ मिनेट

दाङ –

Advertisement 1


दाङ जिल्लाको बबई नदीमा डुबेर दुईजना किशोरी बेपत्ता भएका छन् । शनिबार दिउँसो बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएका १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएका हुन् ।


त्यस्तै नदीमा डुबेका दंगीशरण गाउँपालिका–२ का १३ वर्षीया निरुता बस्नेतलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।

Advertisement 2


जिल्ला प्रहरी कार्यालयका अनुसार तुलसीपुर उप–महानगरपालिका–११ को मोतीपुर नजिकैको बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनीहरुको खोजी कार्य भई रहेको छ । खोजी कार्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोलीले तैनात रहेका छन् ।

सम्बन्धित समाचार