बाँके –
Advertisement 1
बाँकेको नेपालगन्जस्थित त्रिभेणी मोडमा शनिबार दिउँसो ३ बजेको समयमा आफ्नो घर भारत रहेको बताउने अन्दाजी २०/२२ वर्षीय एक युवाले हातमा करिब ३० वटा सयपत्री फूलको माला बोकेर बिक्री गर्नका लागि उभिएका थिए । भूगोल खबरकर्मी उनको नजिक पुगेर सुरुमा ग्राहकको रुपमा कुरा गर्दा ती व्यक्तिले एक मालाको १ सय रुपैयाँ पर्ने बताए । केही सेकेण्डको कुराकानीपश्चात सो व्यक्तिले एक मालाको ८० रुपैयाँसम्म पर्ने बताएपछि भूगोल खबरकर्मीले आफूलाई १० वटा माला आवश्यक परेको र अझै मूल्य कम गर्न सो व्यक्तिसँग आग्रह गरे । पुनः केही सेकेण्डको कुराकानीपश्चात ती व्यक्तिले अन्तिम १ मालाको ५० रुपैयाँ पर्ने बताए ।
तर नेपालगन्जमा एउटा सयपत्री मालाको १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पुष्प व्यवसायीले बिक्री गर्ने गर्दछन् ।
Advertisement 2
सयपत्रीको एक पिस मालाको मूल्य ५० रुपैयाँ तोकिसकेपछि भूगोल खबरकर्मीले सो व्यक्तिलाई ती मालाहरु कहाँको हो ? भनि प्रश्न गर्दा सो व्यक्तिले सुरुमा नेपालगन्जकै भएको बताए ।
फेरि, नेपालगन्ज कुन ठाउँको हो ? भनि प्रश्न गर्दा ती व्यक्तिमा केही हिचकिचाहट देखियो । त्यसपछि भूगोल खबरकर्मीले उनको परिचय सोधेँ र आफू माला खरिद गर्न नआएको बताएपछि ती व्यक्ति पन्छिन खोजेँ ।
Advertisement 3
यो दृष्य वर्णन गरिरहँदा । फूल बिक्री गर्ने व्यक्तिलाई होच्याउन खोजिएको भने होइन । यस दृष्यमा मात्र नेपालगन्ज तथा बाँकेका विभिन्न स्थानका लागि अवैधरुपमा भारतबाट फूल आउने गरेको कुरालाई मात्र प्रष्ट्याउन खोजिएको हो ।
यस्ता दृष्य नेपालगन्ज सहरमा तमाम देख्न सकिन्छ । अझ कतिपय व्यवसायीले त भारतबाट ल्याइने फूलको मूल्य कम पर्ने भएका कारण नेपाली फूलभन्दा भारतबाट अवैधरुपमा ल्याइने फूलहरु बिक्री गर्ने गरेको पाइन्छ । नेपालगन्ज र भारतीय सीमा नाका खुल्ला भएका कारण पनि नेपालगन्जमा अवैधरुपमा फूल भित्र्याउन सजिलो छ । केही साना व्यापारीले त भन्सार नाका बाटै सानो–सानो परिमाणमा फूलहरु ल्याउने गरेको पाइन्छ । धेरै जसो फूलहरु कपडामा बाँधेर ल्याउने गरिन्छ ।
यसमा भन्सार कार्यालयको पनि कमी कमजोरी देखिन्छ । नेपालगन्ज सरकारले भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाए पनि हिजोका दिन जस्तै आज पनि भारतबाट फूल नेपाल ल्याइने गरिन्छ ।
जसको प्रत्यक्ष मारमा यहाँका पुष्प व्यवसायी एवम् फूल उत्पादक पर्ने गरेका छन् ।
यसका लागि नेपालगन्जका पुष्प किसान एवम् व्यवसायीले पहल नगरेका पनि होइनन् । विगतका दिनमा भारतबाट नेपालमा फूल ल्याउन प्रतिबन्ध नलगाइएको अवस्था नेपाली पुष्प किसानले भारतबाट नेपाल ल्याइने फूललाई क्यारेन्टाइनमा राखेर वा त्यसको परीक्षण गरेर ल्याउनु पर्ने माग राखेका थिए ।
लुम्बिनी फ्लोरी कल्चर एशोसियसन (लुफान) की उपाध्यक्ष एवम् नेपालगन्जकी पुष्प व्यवसायी विन्दु चर्तीमगर आफैंमा फूल उत्पादक हुन् । यो वर्ष बेमौसमी वर्षातका कारण उत्पादक कम भएको अवस्थामा भारतीय फूलका कारण आफूहरुलाई अझ धेरै नोक्सान हुने वातावरण सृजना भएको बताउँछिन् ।
चर्तीमगर भारतीय फूल मानवीय स्वास्थ्यका लागि हानिकार हुन सक्नेसमेत बताउँछिन् । उनी भन्छिन्, ‘भारतबाट ल्याइएको अवैध फूलको कुनै परीक्षण भएको हुँदैन । फूलसँग हाम्रो प्रत्यक्ष सम्पर्क हुने भएकाले त्यस्ता फूलहरु हानिकारक हुन सक्छन् ।’
उनी जस्तै लुम्बिनी फ्लोरी कल्चर एशोसियसन (लुफान) की सदस्य एवम् कोहलपुरकी पुष्प उत्पादक विष्णु चौधरी पनि भारतीय फूल नेपाली फूलको तुलनामा सस्तो हुने गरेको बताउँछिन् ।
बाँके हरेक तिहार ५ क्वीन्टलभन्दा बढी सयपत्रीका फूल भारतबाट नेपालमा अवैधरुपमा ल्याउने गरिएको मगरले बताइन् । ‘हामीले लगभग १० देखि १२ क्वीन्टल फूल उत्पादन गर्छौं । केही क्वीन्टल फूल पाल्पा, बुटवललगायतका स्थानबाट मघाउँछौं । तर तिहारमा बाँकेलाई करिब १५ क्वीन्टल भन्दा बढी सयपत्रीको फूल आवश्यक पर्छ । अब आफैं हिसाब गर्न सकिन्छ । करिब ५ क्वीन्टल, त्यो भन्दा बढी नै भनम । भारतबाट आउछ । जसको कुनै भन्सार नै हुँदैन ।’









प्रतिक्रिया दिनुहोस्