२०८२ मंसिर २२, आईतवार २१:२८ गते
नेपाली समय

फूल उत्पादन घट्यो

२०७९ कार्तिक ७ गते, सोमबार समय: ०९:५२ मिनेट

Advertisement 1

मगरले नेपालगन्ज उप–महानगरपालिका–२० मा १० कट्ठा क्षेत्रफलमा लगाएको फूल वर्षातका कारण पूर्ण क्षति पुगेको छ भने खजुरामा लगाएको केहीमात्रा फूलमात्र फूल्न सुरु भएको छ ।

बाँके –


व्यवसायीरुपमा राम्रो आम्दानीको स्रोत बन्दै गएको फूल खेतीको आकर्षण बाँकेमा बढ्दो छ । विगतको तुलनामा यो वर्ष बाँकेमा फूल खेती बढेको पनि पाइन्छ । तर उत्पादन भने घटेको छ ।
दुई वर्ष अघिसम्मको कुरा गर्ने हो बाँकेमा व्यवसायीरुपमा फूल खेती गर्ने किसानको संख्या न्यून थियो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० र कोहलपुर नगरपालिका वडा नम्बर ३ मा बाहेक अन्य स्थानमा फूल खेती गरिएको पाइँदैनथ्यो ।

Advertisement 2


विशेष गरी दशंै र तिहारमा फूलको माग बढी हुने गर्दछ । अन्य धार्मिक कार्य तथा कार्यक्रमहरुमा पनि फूलको माग हुने गर्दछ । हरेक वर्ष बाँकेमा फूलको माग बढ्दो क्रममा रहेको बाँकेका फूल उत्पादक र पुष्प व्यवसायी बताउँछन् ।


बजारको माग र फूल व्यावसायमा सम्भावना भएता पनि यो तिहारमा फूल उत्पापदन भने घटेको छ । तर यो वर्ष भने जिल्लामा अघिल्लो वर्षको तुलनामो बढी क्षेत्रफलमा फूल खेती गरिएको थियो ।
गत वर्ष बाँकेमा व्यवसायीक रुपमा १ विघा क्षेत्रफलमा फूल खेती गरिएको थियो । जसमा नेपालगन्ज उप–महानगपालिका वडा नम्बर २० मा विन्दु चर्तीमगरले १० कट्ठामा, कोहलपुर नगरपालिका वडा नम्बर ३ मा विष्णु चौधरीले ५ कट्ठा र खजुरा गाउँपालिका वडा नम्बर ३ अरुणा गुरुङले १ कट्ठालगायतमा विशेषत सयपत्री फूलको खेती गरेका थिए ।

Advertisement 3


यो वर्ष उनीहरुले फूल उत्पादन बढाउन जग्गाको क्षेत्रफल पनि बढाएका थिए । यसका अलवा बाँकेका स्थानीय व्यक्तिहरुले पनि घरमा फूल उत्पादन गरेका थिए ।


लुम्बिनी फ्लोरी कल्चर एशोसियसन (लुफान) की उपाध्यक्ष एवम् पुष्प व्यवसायी विन्दु चर्ती मगरले यो पटक १ विघा बढी क्षेत्रफलमा फूल खेती लगाएकी थिइन् । उनले नेपालगन्ज–२० मा १० कट्ठामा र खजुरा–१ सैनिकमा १० कट्ठामा ७ हजार सयपत्री फूलका विरुवा लगाएको मगरले बताइन् ।


त्यस्तै यो वर्ष उनले फूल उत्पादन गर्न तालिम दिएकी नेपालगन्ज–२० का महिलाहरुले पनि ५ कट्ठामा सयपत्रीका फूल लगाएका छन् ।


त्यस्तै लुम्बिनी फ्लोरी कल्चर एशोसियसन (लुफान) की सदस्यसमेत रहेकी चौधरीले कोहलपुर–३ मा १४ कट्ठामा ५ हजार सयपत्रीको फूल लगाएकी थिइन् भने खजुरा–३ मा गुरुङलले २ कट्ठामा सयपत्रीको फूल लगाएकी थिइन् ।


चर्तीमगर योपटक आफूले १५ क्वीन्टल फूल उत्पादन गर्ने लक्ष्य लिएको बताइन् ् भने चौधरी १० क्वीन्टल फूल उत्पादन हुने अनुमान गरेकी थिइन् । तर उनीहरुको लक्ष्य भने योपटक पूरा हुन सकेन । यसको प्रमुख कारण भनेको बेमौसमी वर्षात हो ।


मगरले नेपालगन्ज उप–महानगरपालिका–२० मा १० कट्ठा क्षेत्रफलमा लगाएको फूल वर्षातका कारण पूर्ण क्षति पुगेको छ भने खजुरामा लगाएको केहीमात्रा फूलमात्र फूल्न सुरु भएको छ । त्यस्तै चौधरीले लगाएको पनि धेरैजसो फूलका बेर्ना वर्षातले नष्ट गरेको छ ।


यो तिहारमा १५ क्वीन्टल फूल उत्पादन लक्ष्य लिएकी चर्तीमगर ६ क्वीन्टलमात्र फूल उत्पादन हुने बताउँछिन् भने चौधरी बढीमा ३ क्वीन्टल फूल उत्पादन हुने बताउँछिन् ।


तिहारमा प्रयोग हुने अर्को फूल भनेको मखमली फूल हो । जसको उत्पादन भने बाँकेमा धेरै नै कम रहेको छ । सरदरमा २ कट्ठामा योपटक मखमली फूलको खेती गरिएको छ ।


लुफानी उपाध्यक्ष चर्तीमगर यो वर्ष बाँकेलाई आवश्यक पर्ने फूलका लागि लुम्बिनी प्रदेशका अन्य जिल्ला र काठमाडौंको भर पर्नुपर्ने बताउँछिन् ।

सम्बन्धित समाचार