२०८३ बैशाख ५, शनिबार २२:२९ गते
नेपाली समय

फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति

२०७९ कार्तिक ८ गते, मंगलवार समय: १०:३० मिनेट

दाङ –

Advertisement 1


घोराही उप–महानगरपालिकामा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । घोराही उप–महानगरपालिका–१५ उमेश मार्गमा रहेका तीनवटा फर्निचर उद्योगमा गएराति आगलागी हुँदा फर्निचर उद्योग पूर्णरूपमा क्षति भएका छन् ।


न्यु दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग र स्टार दाजुभाइ उद्योगगरी तीनवटा फर्निचर उद्योगमा आगलागी भएको वडा प्रहरी कार्यालय घोराहीले जनाएको छ ।

Advertisement 2


प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेको आगो बिहान साढे ४ बजे नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उप–महानगरपालिका, तुलसीपुर उप–महानगरपालिका र लमही नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।


तिहारमा लक्ष्मीपूजामा बालिएको बत्तीका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित समाचार