२०८३ बैशाख ५, शनिबार २२:२४ गते
नेपाली समय

निर्वाचन अयोगद्वारा अन्तिम बन्दसूची प्रकाशन

२०७९ कार्तिक ११ गते, शुक्रबार समय: १३:२४ मिनेट

बाँके –

Advertisement 1


निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राजनीतिक दलहरुले पेश गरेको बन्दुसूचीको अन्तिम उम्मदेवारको नाम सार्वजनिक गरेको छ । आयोगले संवत् राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची बिहीबार प्रकाशन गरेको छ ।


प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २ हजार १ सय ९९ उम्मेदवार रहेका छन् ।

Advertisement 2


प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नम्बर १ को लागि ६ सय १६ जना, मधेश प्रदेशको लागि ८ सय ६३ जना, बागमती प्रदेशको लागि ७ सय ५४ जना, गण्डकी प्रदेशको लागि ३ सय ४४ जना, लुम्बिनी प्रदेशको लागि ५ सय ७९ जना, कर्णाली प्रदेशको लागि २ सय जना र सुदूरपश्चिम प्रदेशको लागि ३ सय ५२ जना उम्मेदवारहरु रहेका छन् ।


समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५ सय ५० जना व्यक्तिहरुको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ । उक्त प्रणालीतर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६ हजार ४ सय ५७ जना उम्मेदवारहरू रहेका थिए ।

Advertisement 3

सार्वजनिक गरिएको अन्तिम बन्दसूची नामावली यसमा हेर्न सकिन्छ ।

https://election.gov.np/np/page/final-closed-list

सम्बन्धित समाचार