२०८३ बैशाख ५, शनिबार २२:३० गते
नेपाली समय

बम विस्पोट हुँदा २ जना बालिकाको मृत्यु

२०७९ कार्तिक १२ गते, शनिबार समय: १३:१४ मिनेट

सुर्खेत –

Advertisement 1


कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका–१० रानावाडास्थित कोदोबारीमा भएको बम विस्फोट बालिकाको मृत्यु भएको प्रहरीले जनाएको हो ।


मृत्यु हुनेमा तिलागुफा नगरपालिका–१० बस्ने ४ वर्षीया झरना थापा र सोही ठाउँकी ४ वर्षीया सरस्वती रानाको मृत्यु भएको छ । प्रहरीका अनुसार झरनाको थापाको घटनास्थलमै मृत्यु भएको हो भने यता सरस्वतीको भने सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा दिउँसो ११ः४० मा मृत्यु भएको हो ।

Advertisement 2


घटनामा तीन जना गम्भीर घाइते समेत छन् । सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते छन् ।


कमलको दाहिने हात र दुवै खुट्टा भाँचिएको छ । मुस्कानको दाहिने खुट्टामा गहिरो चोट छ भने दर्शनाको पेटमा प्वाल परेको, दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर छ । उनीहरूलाई पनि हेलिकप्टरबाट उपचारको लागि सुर्खेतमा ल्याइएको छ ।

Advertisement 3


प्रहरीका अनुसार विस्फोट भएको बम नयाँ हो वा पूरानो भन्ने अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार