काठमाडौं –
Advertisement 1
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको छ ।
यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा डा.कार्कीको उम्मेदवारी खारेज गरी पाउँ भनी उजुरी भरेको थियो । डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेका कारण उजुरी परेको हो ।
Advertisement 2
उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू प्राप्त भएको थियो ।
निज उम्मेदवार डा. कार्की मिति २०७८ पुर २ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा वहाल रहेकी छिन् । नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९ वैशाख ९ गतेदेखि मिति २०७९ भदौं २ सम्म भत्ता बुझेको पाइएको निर्वाचन आयोग ललितपुरले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्