बाँके –
Advertisement 1
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ मा आइतबार वृद्ध अवस्थाका श्रीमान–श्रीमती रुखमा झुण्डिएको अवस्थामा फेला परे । कोहलपुर नगरपालिका १३ का ६० वर्षीय श्रीमान डम्बर बोहरा र ५७ वर्षीया श्रीमती पार्वती बोहरा घर नजिकैको रुखमा झुण्डिएको अवस्था फेला परेका थिए ।
गत ८ गतेबाट हराइरहेका बृद्ध दम्पत्ति मध्यान्ह कोहलपुर १३ को सिम्री भन्ने स्थानको झाडीमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
Advertisement 2
अनुसन्धानका क्रममा मृतक दम्पत्तिले घरपरिवारबाट माया नपाएको गुनासो गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दम्पत्तीले यसअघि घरपरिवारबाट माया नपाएको, घरमा अपहेलना सहनुपरेको जस्ता गुनासो गर्ने गरेको छिमेकीले प्रहरीलाई बताएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीले उक्त दम्पत्तिको शव सडेगलेको अवस्थामा फेला पारेको थियो । प्रहरीले बरामद गरेको शवको अवस्थाअनुसार केही दिन पहिले नै झुण्डिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
घटनाका सम्बन्धनमा थप अनुसन्धान भैइरहेको डिएसपी मल्लले कोहलपुर बताए ।








प्रतिक्रिया दिनुहोस्