२०८३ बैशाख ६, आईतवार ००:१३ गते
नेपाली समय

आगलागीमा ४० लाख बढीको क्षति

२०७९ कार्तिक १३ गते, आईतवार समय: १८:१० मिनेट

बाँके –

Advertisement 1


आइतबार बिहान बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ५ रामनगरस्थित चुराको गोदाममा लागलागी हुँदा ४० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रमेश कुमार नागको ३ कोठे पक्की घरमा रहेको काँचको चुरा गोदाममा लागेको आगोले गोदाममा रहेको ४० मूल्य पर्ने सामान जलेकोे प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी हाइबेपोष्टलार्यलाई बताए ।


त्यसका अलवा गोदामको दिवाल र छिमेकीको दिवाल पनि भत्किएको छ । जसको क्षति १० लाख रहेको प्रहरी प्रमुख अधिकारीले बताए । ‘आगो लागेको गोदाममा कुनै पनि भेन्टिलेटर थिएन । एउटैमात्र ढोका रहेको रहेछ । जसका कारण पनि सामन धेरै जले । आगो निभाउने क्रममा र आगलागीको क्रममा वाल गोदामको वाल भत्किएको छ र छिमेकीको पनि वाल भत्किएको छ,’ उनले भने ।
आगलागीको समयमा बम विस्पोटन जस्तो आवाज आए पनि बम विस्पोट भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठामा हावा आवाज–जावतको माध्याम नभएकाले प्रेसरमा आवाज आएको थिए ।

Advertisement 2


‘बम भने विस्पोट भएको होइन । बम विस्पोट भएको भए केही न केही क्ल्यु भेटिन्थ्यो । आगलागी भएको कोठामा कुनै पनि हावापास हुने माध्याम नभएकाले प्रेसर भएर आवाज आएको हनु सक्छ,’ अधिकारीले बताए ।


आगलागीमा परी एक जनाको मृत्युसमेत भएको छ भने एकजना घाइते भएका छन् । आगलागीमा परी घाइते भएका बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ८ का २३ बर्षीय समिर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement 3


यस्तै आगलागीमा परी घाइते भएका चुरा गोदामका साहु नेपालगन्ज ५ का ३८ वर्षीय मो. आरिफ अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृतक अन्सारीको साला नाता पर्ने र भेटघाटका लागि हिजो भिनाजुको गोदाममा आएको प्रहरीले जनाएको छ ।


जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विहान ५.४० बजे सुरु भएको आगो विहान ६.३० बजे नियन्त्रणमा आएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।


आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको कमाण्डमा ६५ जना र सशस्त्र प्रहरी नम्बर ३० गणबाट सहायक प्रहरी निरीक्षक धनराज बुढाथोकीको कमाण्डमा १५ जनाको टोली घटनास्थलमा खटिएको थियो । आगलागीको कारण खुलेको छैन ।

सम्बन्धित समाचार