२०८२ मंसिर २२, आईतवार ०१:०५ गते
नेपाली समय

आयोगद्वारा प्रतिनिधि सभातर्फ १ करोड १८ लाख मतपत्र छपाई

२०७९ कार्तिक १३ गते, आईतवार समय: १८:१४ मिनेट

काठमाडौं –

Advertisement 1


निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)का लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार मतपत्रको छपाई सम्पन्न गरेको छ। प्रदेश सभातर्फ प्रत्यक्षका १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छापिएको आयोजले जानकारी दिएको हो । हालसम्म कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापिएका छन् ।


कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ ।

Advertisement 2


यसैगरी, यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र पनि चाँडै ढुवानी गरिने आयोगले जानकारी दिएको छ । यी जिल्लामा निर्वाचन गराउन खटिने कर्मचारीका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ ।

सम्बन्धित समाचार