काठमाडौं –
Advertisement 1
नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा हालको निर्वाचन प्रणाली परिवर्तनमा एकीकृत समाजवादीले जोड दिएको छ । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको अध्यक्ष माधव नेपालले बताए ।
अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।
Advertisement 2
त्यस्तै नौ स नेपाली अर्थतन्त्रमा समाजवादउन्मुख नीति रहेको समाजवादीको घोषणापत्रमा लेखिएको छ । ‘नौ ‘स’ अन्तर्गत स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, स्थानीय सडक, साना सिँचाइ, सघन बन, सामुदायिक विद्युतिकरण, साना तथा लघु उद्योग, सीपमूलक तालिमजस्ता पूर्वाधार र रोजगारमूलक कार्यक्रमहरू अघि सारिएका थिए । त्यो कार्यक्रम नेपाली अर्थतन्त्रमा विजारोपण गरिएको पहिलो समाजवादउन्मुख कार्यक्रम थियो,’ समाजवादीको घोषणापत्रमा भनिएको छ ।
समाजवादीले निर्वाचन प्रणाली महंगो भएको भन्दै यसलाई फेर्नुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ। प्राप्त उपलब्धीको रक्षा र विस्तारका लागि पार्टी सधैंँ क्रियाशील हुने प्रतिवद्धता त्यस पार्टीको छ। आफ्नो घोषणापत्रमा समाजवादीले लोकप्रिय कार्यक्रम पनि अघि सारेको छ ।
Advertisement 3
निःशुल्क खानेपानी तथा निःशुल्क स्वास्थ्य उपचारका लागि पार्टीले पहल गर्ने उसको प्रतिबद्धता छ। राष्ट्रिय हितको संरक्षण र सम्बर्धनमा क्रियाशील हुने त्यस पार्टीको प्रतिबद्धता छ । शिक्षाको मौलिक हकलाई सुनिश्चित गर्न कुल बजेटको २० प्रतिशत लगानी गरिने त्यस पार्टीको घोषणापत्रमा उल्लेख छ । निर्वाचनमा उपलब्धीको रक्षा गर्ने शक्ति र त्यसलाई भत्काउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै समाजवादीले राजनीतिक उपलब्धीका पक्षधरलाई मत दिन आग्रहसमेत गरेको छ ।






प्रतिक्रिया दिनुहोस्