बाँके –
Advertisement 1
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन बिहान ७ बजे सुरु हुन्छ । मतदान सुरु हुने ४८ घण्टा अघावैदेखि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार गर्न पूर्णरुपमाले निषेध गरेको निर्वाचन कसुर तथा ऐनले तोकेको निर्वाचन अयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
यसभन्दा अघिका निर्वाचनमा निर्वाचन हुनु भन्दा अघिको ४८ घण्टालाई मौन अवधिको रुपमा परिभाष गरिएको थियो । तर योपटक मौन अवधिलाई परिमार्जित गरिएको आयुक्त भण्डारीले बताए ।
Advertisement 2
‘पहिलादेखि नै हामीले गर्दै आएको अभ्यास भनेको निर्वाचन हुन भन्दा पहिलाको ४८ घण्टालाई मौन अवधि भन्थ्यो । अब यसपटक हामीले मौन अवधि भन्ने शब्द कानुनमा परिभाषा नभएको, प्रयुक्त नभएको हुँदा ४८ अण्टा अगाबैको समय शुन्य समय भनेर लिएका छौं,’ आयुक्त भण्डारीले भने । भण्डारीका अनुसार शुन्य समयमा कुनै पनि प्रकारको गतिविधि उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्ना उम्मेदवारहरु एवम् सर्वसाधारणलाई प्रभाव पार्ने खालका गर्न र गराउन मिल्दैन ।
निर्वाचन आयोगका अनुसार निर्वाचन कसुर तथा ऐनले तोकेको समय अनुसार कार्तिक १७ गतेदेखि उम्मेदवार तथा दलहरुले आफ्ना उम्मेदवारलाई जिताउन प्रचार प्रसारको काम गर्न सक्नेछन् ।
Advertisement 3
भण्डारी भन्छन्, ‘सेमिनार गर्न पाइन्छ । ¥याली गर्न पाइन्छ, कोणसभा र आमसभा राम्रोसँग गर्ने पाइन्छ । विशाल आमसभा गर्न पाइन्छ । तर त्यसका सीमाहरु हामीले तोकेका छौं ।’ भण्डारी शुन्य समय अगावै निर्वाचन आचारसहितामा रहेर प्रचारप्रसार गर्न सबैलाई सुझाउँछन् ।









प्रतिक्रिया दिनुहोस्