२०८२ कार्तिक २८, बिहीबार ११:२० गते
नेपाली समय

‘महापुरुष सबैले हेर्नुपर्छ’

२०७९ कार्तिक १६ गते, बुधबार समय: १९:१५ मिनेट

बाँके –

Advertisement 1


नेपाली चलचित्र ‘महापुरुष’को टिम बुधबार नेपालगन्ज आइपुगेको छ । कात्तिक ११ गतेदेखि देशव्यापि प्रदर्शनमा आएको ‘महापुरुष’ले कमाई राम्रो गर्नुका साथै दर्शको प्रतिक्रिया पनि सकारात्मक पाएको छ ।


प्रदर्शनपश्चात मोफसल यात्रामा रहेको ‘महापुरुष’को टिमले नेपालगन्जका दर्शकसँग भेटघाट गर्दै उनीहरुसँग प्रतिक्रिया पनि बढुल्यो । दर्शकहरुसँगको भेटघाटपश्चात चलचित्र पत्रकार संघ बाँके शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा पत्रकारबाट पनि ‘महापुरुष’ले राम्रै प्रतिक्रिया पायो । कार्यक्रममा उपस्थित सहभागीले ‘महापुरुष’ सबैले हेनुपर्ने चलचित्र रहेको बताए ।

Advertisement 2


कार्यक्रममा ‘महापुरुष’का लेखक तथा निर्देशक प्रदीप भट्टराईले ‘महापुरुष’को कथा लेखनका लागि ३ वर्षको समय लागेको बताए । उनले ‘महापुरुष’ पूर्णरुपले पारिवारिक चलचित्रका साथै नेपाली समाजमा एक विदूर पुरुषले भोगिरहेको कथालाई लयगत शैलीमा व्यक्त गरेको बताए ।


कार्यक्रममा कार्यकारी निर्देशक एवम् कलाकार रविन्द्रसिंश बानियाँले ‘महापुरुष’ प्रदर्शनमा आएपछि धेरै व्यक्तिले आफूभित्र रहेका पीडा व्यक्त गरेको बताए । उनले एक पुरुषले आफ्नो जीवनलाई कसरी कैद गरेको छ र उसका ईच्छा, चाहना पनि हुन्छन् भन्ने विषयलाई उत्थान गरेको बताए ।

Advertisement 3


त्यस्तै वरिष्ठ कलाकार राजाराम पौडेलले ‘महापुरुष’ हेर्नका लागि दर्शकहरुले बुबालाई साथमा ल्याउने गरेको बताए ।


नेपालगन्ज आइपुगेको ‘महापुरुष’ टोलीलाई चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामप्रसाद पौडेलले खादा तथा मालाले स्वागत गरेको थिए ।
‘महापुरुष’को टोली नेपालगन्जपछि दाङ, वुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेको छ ।

सम्बन्धित समाचार