बाँके –
Advertisement 1
आसन्न निर्वाचन परिणाम गठबन्धनको पक्षमा ल्याउन नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर ३ मा टोल समितिलाई समेत सक्रिय बनाउने भएको छ ।
क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरको प्रमुख आथित्यतामा बुधबार टोल, वडा, पालिका, प्रदेश सभा र क्षेत्रीय समितिका पदाधिकारी, महाधिवेशन तथा महासमिति सदस्य लगायतको उपस्थितीमा बुधबार बैजनाथमा आयोजित भेलाले यस्तो निस्कर्ष निकालेको हो ।
Advertisement 2
कांग्रेसले यसअघि वडास्तर सम्मका समितिलाई सक्रिय बनाएर विभिन्न वडामा चुनावी कार्यक्रम आयोजना गरेको थियो ।
‘आसन्न निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ३ भित्र रहेका पार्टीको सबैभन्दा तल्लो निकाय टोल समितिलाई पनि सक्रिय बनाएर निर्वाचनको माहोल तताउने, प्रचार प्रसार गर्ने, आफ्ना घोषणा पत्र जनता समक्ष पुर्याउने, मतदातालाई मतदान गर्न सिकाउने जस्ता गतिविधी सञ्चालन गर्ने निस्कर्ष निकालिएको छ,’ क्षेत्र नम्बर १ का सभापति मोहम्मद नक्की खाँले भने ।
Advertisement 3
टोल समितिका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, क्रियाशिल सदस्यहरु मतदाताको घरदैलोमा पुगेर नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नेछन् । भेटघाटका क्रममा नेपाली कांग्रेसले जारी गरेको घोषणा पत्रमा उल्लेख भएका कुराबारे पनि जनतालाई जानकारी गराउने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्