२०८२ मंसिर २२, आईतवार २१:४८ गते
नेपाली समय

आजदेखि प्रदर्शनमा ‘लाखे’

२०७९ कार्तिक १८ गते, शुक्रबार समय: ०९:१२ मिनेट

बाँके –

Advertisement 1


सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म ‘लाखे’ आज(शुक्रबार)देखि प्रदर्शनमा आएको छ । यसअघि भदौ ३१ मा प्रदर्शन हुने घोषणा भएको फिल्मको प्राविधिक काम बाँकी भएको भन्दै निर्माण पक्षले काक्तिक १८ गते यसको प्रदर्शन मिति सारेको थियो ।


‘लाखे’मा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाहीलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

Advertisement 2


बदलाको कथालाई समेटिएको यो फिल्ममा उल्लेखित कलाकारसँगै वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्रकार, रोहित रुम्बा, सञ्जोग रानालगायतका कलाकारको अभिनय रहेको छ ।


फिल्मलाई औरियन प्रोडक्सन तथा ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण गरिएको हो । फिलमलाई हरि हल्ल ठकुरीले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार