२०८२ मंसिर २२, आईतवार २२:११ गते
नेपाली समय

क्यान्सर अस्पतालदेखि खजुराको नेतृत्व गरेका कक्षपति

२०७९ कार्तिक १८ गते, शुक्रबार समय: ०९:४८ मिनेट

बाँके –

Advertisement 1


किस्मतकुमार कक्षपति नाम बाँकेवासीदेखि केन्द्रसम्म परिचित नाम हो । खजुरा गाउँपालिका वडा नम्बर ३ का वासिन्दा कक्षपतिले हाल नेकपा एमाले बाँकेका अध्यक्ष हुन भने उनले खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्थापनाकालदेखि खजुरा गाउँपालिकाको अध्यक्ष हुँदै नेकपा एमालेको संघठनलाई कुलतापूर्वक नेतृत्व गरेका छन् ।
हाल कक्षपति मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यका लागि चुनाबी मैदानमा होमिएका छन् ।


कक्षपतिको क्यान्सर अस्पतालदेखि ग्रीन सिटीसम्म्को परिकल्पना २०६५ सालमा खजुरामा धनधान्याचल महायज्ञ लगाइयो जसको उद्देश्य क्यान्सर अस्पताल निर्माण गर्ने थियोे । बाँके र बर्दियाका जनताको अपार सहभागिता र सहयोगमा त्यो सफल हुँदा क्यान्सर अस्पताल निर्माण शुरु भएको थियोे ।

Advertisement 2


यसअघि गुरु दिनदयाल र खजुराका अग्रजहरु लक्ष्मीनारायण मन्दिरमा बसेर यसको संकल्प गरेका थिए जसको नेतृत्व किस्मत कुमार कक्षपतिले गरेका थिए ।


आज खजुरामा क्यान्सर अस्पताल सुरु भएको छ । अस्पताल सुरु गर्दासम्म उनी निरन्तर लागिरहे । त्यसपछि उनी २०७४ को निर्वाचन जितेर खजुरा गाउँपालिकाको अध्यक्ष भए ।
५ वर्षमा उनले आफ्नो पहिचान खजुराको समग्र विकासको लागि एउटा नाम किस्मतकुमार कक्षपति हो भन्ने बनाए । त्यसबीचमा ग्रीन सिटीको प्रोजेक्ट खजुरामा भित्र्र्याउन सफल भए । जुन उजवेगस्तानको राजधानी तास्केन्टमा खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले युनाइटेड नेशनसंग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Advertisement 3


लगत्तै विश्वव्यापी कोरोना फैलिंदा प्रोजेक्ट केही प्रभावित भएको थियो । अध्ययन अनुसन्धान हुँदै पाइलट प्रोजेक्ट सुरु भएको छ । जुन पूर्णरूपमा लागू हुँदा व्यवस्थित शहरको परिकल्पना हुनेछ ।
कृषिमा दीगोपन बलियो आयार्जनको माध्यम पनि हो जुन कुराको लागि खजुराका किसान चीन पुगेर त्यहाँको प्रविधि हेरेका छन् भने नमूना तालिम पशुपालन र प्याज, टमाटर खेतीको लागि तालिम दिएर लागू गरेको छ, खजुरा पालिकाले ।


अहिले उनै कक्षपति एमालेबाट बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार हुन । चुनावी मैदानमा रहेका कक्षपति भन्छन् यो ग्रीन सिटीको प्रोजेक्ट खजुरा, जानकी, बैजनाथ हुँदै जिल्लाभर लागू गर्ने चाहना छ । उनी जुन काममा लाग्छन् त्यो सफल बनाएर छोड्छन् ।


खजुरा गाउँपालिकामा हुँदा ग्रीन सिटी, प्रदेश विश्वविद्यालय, १५ वेडको अस्पताल, शीत भण्डार, औद्योगिक ग्रामलगायतको ठूला आयोजना भित्र्याउन उनको प्रमुख भूमिका छ । घरबारविहीनलाई घर बनाएर हस्तान्तरण, शिक्षामा ३१ बुँदे प्रतिबद्धतासहित सुधार, सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कृषियन्त्र वितरण, खेलकुदमा मिनीरंगशाला, खेलकुद ग्रामको स्तरोन्नति, हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता, शैक्षिक महोत्सव, मूख्य सडक कालोपत्रे, गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु, १५ वर्षे योजना निर्माण, सभाहल निर्माण ३ हजार महिलालाई सहकारीमा आवद्ध, सिलाइ कटाइमार्फत ४० महिलालाई नियमित रोजगारी, युवाका लागि स्वरोजगार कार्यक्रम र ८० जना युवाहरूलाई ४० हजार टोकन मनि हस्तान्तरण सीपमूलक तालिमलगायतका धेरै कुरा छोटो अवधिमा गर्नु उनको खुबी हो ।


बृहत खजुरा सम्मेलनमार्फत खजुराको खाका कोर्नु, पूर्ण खोप घोषणा, साक्षर घोषणा र वालविवाह मुक्त खजुरा पनि उनकै कार्यकालमा भयो । खरो स्वभाव भएका कक्षपति भन्छन् काम गर्नकै लागि आफ्नो उम्मेदवारी हो जनताको शीर कहिले निहुरिन दिन्न । आफ्नो कार्यकालामा सबै कार्मचारीसँग समान व्यवहार राख्नुले पनि उनको व्यवहार प्रष्ट हुन्छ ।
नेकपा एमाले बाँकेका अध्यक्षसमेत रहेका कक्षपतिले विकासका एजेन्डामा राजनीतिभन्दा माथि उठेर साझा एजेन्डाको रूपमा काम गर्नुपर्ने सान्दर्भिक भनाइ राख्दै आएका छन् । जनतामाझ जाँदा उत्साहित रहेको बताउँदै कक्षपतिले मंसिर ४ मा जनमतबाट अनुमोदन हुनेमा विश्वस्त रहेकोे बताउँछन् ।

सम्बन्धित समाचार