२०८३ बैशाख ६, आईतवार ०५:१६ गते
नेपाली समय

बल्बमा मतदाताको आकर्षण देखिँदै

२०७९ कार्तिक १८ गते, शुक्रबार समय: २०:५४ मिनेट

नेपालगन्ज –

Advertisement 1


बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार डाक्टर विनोद कर्णप्रति नेपालगन्जवासीको आकर्षण देखिएको छ । चिकित्सा पेशामा नाम कहलियका स्वतन्त्र उम्मेदवार डाक्टर कर्णलाई बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का मतदाताको साथ मिलेको हो ।


देशमा स्वतन्त्र उम्मेदवार प्रतिको मोह र लहरका कारण पनि बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) का उम्मेदवार डाक्टर कर्णलाई मतदाताको साथ र माया रहेको स्थानीयको बुझाइ छ ।

Advertisement 2


कर्ण आफैमा पनि लामो समयदेखि सामाजिक कार्यमा अग्रसर रहेर ग्रीन नेपालगन्ज अभियानलाई निरन्तर अगाडि बढाउँदै आएका व्यक्ति रहेका कारण समेत मतदाताको साथ र हौसला पाएका छन् ।
बाँके क्षेत्र नम्बर २ का स्थानीयलाई कर्णले जितेको खण्डमा क्षेत्रको विकास र उनले गरेका बाचा पूरा गर्ने कुरामा बिश्वस्त छन्, जसले गर्दा कर्ण घरदैलोका क्रममा जहाँ–जहाँ पुग्छन् उनलाई मतदाताको साथ र हौसला मिलेको छ ।


स्वतन्त्र उम्मेदवार कर्णका अनुसार नेपालगन्जको मतदाताको ठूलो आशा र भरोसा प्राप्त गरेको छु, त्यतिकै साथ र हौसला प्राप्त गरेको कारण पनि चुनावी अभियानमा आफूलाई सहज भएको बताउछन् ।

Advertisement 3


ठूला राजनैतिक दल र गठबन्धन गरेर चुनावमा होमिएका दलका उम्मेदवार भन्दा पृथक शैलीले मतदाताको दैलोमा पुग्दै आफ्नो योजना सुनाउने कर्णलाई युवापुस्ताले मात्रै होइन वृद्धवृद्धाले समेत माया र जितको आशिर्वाद दिएका छन् ।

सम्बन्धित समाचार