२०८३ बैशाख ६, आईतवार ०५:१६ गते
नेपाली समय

आकर्षण बन्दै राणाको चुनावी प्रचार

२०७९ कार्तिक १९ गते, शनिबार समय: १२:३९ मिनेट

बाँके –

Advertisement 1


नेपाली कांग्रेसबाट बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभाका लागि उम्मेदवार दिएका सुरेशनर्सिङ राणाको चुनावी प्रचारप्रसार आकर्षित बन्दै गएको छ । दिनप्रति दिन चुनावी प्रचारसँगै राणाको प्रभाव क्षेत्र नम्बर ३ मा देखिँदै गएको हो ।


मंसिर ४ गते हुने निर्वाचानका लागि घरदैलो अभियानमा ब्यस्त राणाले मतदातालाई उनका घरआगनमै पुगेर भेटिरहेका छन् र उनीहरुका समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धतासहित रुखमा भोट हाल्न आग्रह गरेका छन् ।

Advertisement 2


चुनावी प्रचारका क्रममा आज (शनिबार) राणाले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ का वासिन्दालाई घर–घरमा पुगेर भेटे । शनिबारको उनको चुनावी प्रचारमा स्थानीयको सहभागिता देखियो ।


राणा मतदातालाई भेट्ने क्रममा वडा नम्बर १८ को भुजई गाउँ, कारकाँदो क्षेत्र, यातायात क्षेत्रलगायतका स्थानमा पुगेका थिए । प्रचारका क्रममा राणासहित नेपाली कांग्रेसका नेताहरुको पनि बाक्लो उपस्थिति रह्यो ।

सम्बन्धित समाचार