सुर्देत –
Advertisement 1
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर लालबहादुर सुनारलाई नेपाल प्रहरीले कारबाही गरको छ । लागूऔषधको मुद्दाको अनुसन्धानमा चलखेल गरी अभियुक्तलाई छुटाउन सहयोग गरेकोले इन्स्पेक्टर सुनार कारबाहीमा परेका हुन् ।
यसअघि प्रहरीकै कमजोरीका कारण लागूऔषध मुद्दामा अभियुक्तहरू धरौटीमा छुटेका थिए । ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तसँग आर्थिक लाभ लिई मुद्दालाई कमजोर बनाएको छानबिनमा खुलेपछि सुनार कारबाहीमा परेका हुन् ।
Advertisement 2
छानबिनका क्रममा प्रहरीले अनुसन्धानका आधारभूत सिद्धान्तसमेत सुनारले पालना गरेका थिएनन् । बरामदी रोहबरमा कम्तीमा एकजना जनप्रतिनिधि वा सरकारी कर्मचारीलाई राख्नुपर्नेमा उनले कसैलाई राखेका थिएनन् । साथै, बरामदी कपडाको समेत सनाखत गराएका थिएनन् ।
अभियुक्तलाई फाइदा हुनेगरी अनुसन्धान प्रतिवेदन तयार पारेको अनुसन्धानमा खुलेको छ । सोही आधारमा अभियुक्तलाई अदालतले छाडेको थियो ।
Advertisement 3
अभियुक्तबाटै लागुऔषध बरामद भएको प्रस्ट प्रमाण नै नराखी मुद्दा दायर गरिएको थियो, जस कारण अदालतले धरौटीमा छाडेको थियो ।






प्रतिक्रिया दिनुहोस्