२०८२ फाल्गुन २१, बिहीबार ०४:३९ गते
नेपाली समय

३ सय ५२ मतदानस्थल अति संवेदनशील

२०७९ कार्तिक २० गते, आईतवार समय: १८:०४ मिनेट

धनगढी –

Advertisement 1


सुदूरपश्मित प्रदेशभित्र प्रदेशमा कुल दुई हजार एक सय ४६ मतदान केन्द्र रहेका छन् । जसमध्ये ३ सय ५२ मतदान स्थलदलाई अति संवेदनशील मानिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएकोछ ।


प्रहरी कार्यालय धनगढी कैलालीका अनुसार ४ सय ४ मतदान स्थल संवेदनशील र चार सय पाँच स्थल सामान्य रहेका छन् । जसमा अति संवेदनशील सात सय १०, संवेदनशील सात सय ७८ र सामान्य ६ सय ५८ रहेका छन् ।

Advertisement 2


सुदूपश्चिमको कैलालीका दुई सय ३७ मतदानस्थलमध्ये ५३ अति संवेदनशील, १ सय ३१ संवेदनशील र ५३ सामान्य अवस्थामा रहेका छन् ।


डडेल्धुराका १ सय १ मतदान स्थलमध्ये २३ अति संवेदनशील, ४१ अति संवेदनशील र ३७ सामान्य मतदान स्थल रहेका छन् ।

Advertisement 3


कञ्चनपुरमा ६६ अति संवेदनशील, २६ संवेदनशील र ४० सामान्य अवस्थाका मतदान स्थल छन् । यस जिल्लामा एक सय ३२ मतदान स्थल रहेका छन् ।


बैतडीका १ सय २९ मतदान स्थलमध्ये ३१ अति संवेदनशील, ३४ संवेदनशील र ६४ सामान्य स्थल रहेका छन् ।


दार्चुलामा अति संवेदनशील ११, संवेदनशील ११ र सामान्य ९० गरि एक सय १२ मतदान स्थल रहेका छन् ।


बाजुराका ७० मतदान स्थलमध्ये ४३ अति संवेदनशील, २३ संवेदनशील र चार सामान्य रहेका छन् ।


बझाङका १ सय ३५ मतदान स्थलमध्ये ५६ अति संवेदनशील, ५८ संवेदनशील र ७६ सामान्य रहेका छन् ।


डोटीमा अति संवेदनशील नौ, संवेदनशील ३० र सामान्य ७६ गरि एक सय १५ मतदान स्थल रहेका छन् ।


अछामका १ सय ३० मतदान स्थलमध्ये अति संवेदनशील ६०, संवेदनशील ५० र सामान्य २० मतदान स्थल रहेका छन् ।

सम्बन्धित समाचार