एजेन्सी –
Advertisement 1
संयुक्त राष्ट्र संघले विश्व चरम जलवायु संकटमा फस्ने स्थितिमा पुगेको बताएको छ । संयुक्त राष्ट्रको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको हो ।
सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता भएको थियो । त्यस सम्झौता पालना नभएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।
Advertisement 2
इजिप्टमा जारी जलवायु परिवर्तन शिखर सम्मेलनमा राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले विगतका ८ वर्षमा हरेक वर्ष तापक्रम वृद्धि भएको औँल्याएको द गार्डियनले लेखेको छ ।
जलवायु परिवर्तनका कारण हिउँ द्रुत रूपमा पग्लिएको र समुन्द्री सतहसमेत ३० वर्ष यताकै दोब्बर रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ । तापक्रम नियन्त्रणका विषयमा गम्भीर नहुँदा पाकिस्तानदेखि पोर्तोरिकोसम्म अनपेक्षित रूपमा गर्मी बढेको प्रतिवेदनमा उल्लेख छ ।
Advertisement 3
विश्व मौसम विज्ञान संगठनले सन् २०२२ मा विश्व तापमान १.१५ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरेको छ ।
कार्बन तथा मिथेन उत्सर्जनलाई नियन्त्रण नगर्ने हो भने विश्वक तापमान २.५ डिग्री सेल्सियस पुग्ने प्रतिवेदनमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्