२०८२ मंसिर २२, आईतवार १४:३३ गते
नेपाली समय

पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग

२०७९ कार्तिक २१ गते, सोमबार समय: २३:५१ मिनेट

नेपालगन्ज : लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पार्टी परित्याग गरेकी छन् । उनले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरेर लोसपा पार्टी परित्याग गरी रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने बताएकी हुन् ।

Advertisement 1

लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग, वन तथा वातावरण मन्त्रीसमेत रहेकी पाण्डेले लोसपामा व्यक्तिवादी हाबी भएकाले पार्टी परित्याग गरेको बताइन् ।

पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी हुँदा पार्टी परित्याग गरेको बताइन् ।

Advertisement 2

मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभामा बोहरा, जसपाका नेता तथा प्रदेश सभा “क” का उम्मेदवार महेन्द्र यादव र नेकपा एमालेका नेता तथा प्रदेशसभा “ख” का उम्मेदवार तुल्सि चौधरीलाई समर्थन गर्ने उनले बताइन् ।

सम्बन्धित समाचार