बाँके –
Advertisement 1
बाँकेको खजुरा गाउँपालिकाले गाई÷भैसीको लागि सुत्केरी भत्ता दिन सुरु गरेको छ । खजुरा गाउँपालिकाको पशु सेवा शाखाले आज(मंगलबार) कार्यक्रमको आयोजना गरी पशुलाई सुत्केरी भत्ता वितरण गरेको हो ।
पशुसेवा शाखाको सुत्केरी स्यार सुसार तथा पोषण सामाग्री खरिद कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका २६० जना किसानले पालन गरेका २७३ सुत्केरी गाई, भैसीको लागि भत्ता उपलव्ध गराइएको शाखा प्रमुख कर्ण बहादुर खत्रिले जानकारी दिए । जसमा ६१ गाई र २१२ भैसी रहेका छन् ।
Advertisement 2
१५ सय का दरले नगद भत्ता प्रदान गरिएको शाखा प्रमुख खत्रिले जनाए । सुत्केरी भत्ता वितरण कार्यक्रमको उद्घाटनमा वडा नम्बर ३ वडाध्यक्ष पूर्णबहादुर भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेषलगाएतको उपस्थिति रहेको थियो ।
पहिलो दिन ३ र ४ नम्बर वडाका किसानलाई सुत्केरी भत्ता वितरण गरिएको छ भने अन्य वडालाई क्रमस वितरण गर्दै लैजाने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्