२०८२ मंसिर २२, आईतवार २१:४३ गते
नेपाली समय

कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

२०७९ कार्तिक २२ गते, मंगलवार समय: १८:५५ मिनेट

सुर्खेत –

Advertisement 1


कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मुगुबाट सुर्खेत आउँदै गरेको यात्रुबाहक जिप कालीकोटको तिलागुफा–५, खल्लागाडमा दुर्घटना भएको हो ।


भे१च ४४१२ नम्बरको जिप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना भएको थियो । १० जना सवार उक्त जिप दुर्घटना हुँदा सातजनासमेत घाइते भएका छन् ।

Advertisement 2


दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।


घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार