बाँके –
Advertisement 1
बाँकेको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार दिएका सुदिप नरसिंह राणाको लोकप्रियता डुडुवा गाउँपालिकामा बढ्दो देखिएको छ । चुनावी प्रचारका क्रममा डुडुवासीको घरदैलोमा पुगेका राणालाई जिताउन डुडुवासीले एक्केबद्धतासमेत जनाएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका राणा केही दिनएता चुनावी प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका विभिन्न वडा तथा बस्तीहरुमा पुगिरहेका छन् । नेपाली कांग्रेसका नेता कार्यकर्तासहित डुडुवावासीको घरदैलोमा पुग्दा राणालाई स्थानीयले फूलमालाले स्वागतसमेत गर्ने गरेको पाइएको छ ।
Advertisement 2
मंगलबार पनि चुनावी प्रचारका क्रममा राणा डुडुवा गाउँपालिकाको वडा नम्बर ५ मा रहेका डलैपुर, गुहाना, रंगी ताल, तिलकपुर, जग्दहवा, मिलनिया, मोतिडाडा, डाँगी टोल पश्चिम तिलकपुर, जबदहवालगायतका विभिन्न बस्तीहरुमा पुगे । सो क्रममा राणालाई स्थानीयवासीले फूलमाला तथा अबिर लगाएर स्वागत् गरेको हुन् ।

सो समयमा स्थानीयले राणालाई बोलाएर भेटघाट गर्दै जिताउने प्रतिबद्धतासमेत व्यक्त गरे । स्थानीय वासीले राणालाई क्षेत्र नम्बर २ को विकासको अगुवाका रुपमा देखेको बताए ।
मतदातालाई भेट्ने क्रममा राणाले आफू जनताको सेवा गर्न चुनावी अभियान होमिएको बताउँदै, डुडुवावासीको हरेक समस्या आफ्नो रहेको बताए ।
Advertisement 3
रााणाले यसअघि आइतबार, सोमबार डुडुवा गाउँपालिकाका वडा नम्बर ५ का विभिन्न बस्तीमा चुनावी प्रचार गरेका थिए । सो क्षेत्रका जनताले पनि राणालाई साथ दिने बताउँदै समग्र डुडुवाको विकासका लागि राणाको नेतृत्व आवश्यक परेको बताएका थिए ।
चुनावी प्रचारका लागि डुडुवामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले राणालाई पूर्ण साथ दिई रहेका छन् । चुनावी प्रचारका क्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको पाइन्छ ।






प्रतिक्रिया दिनुहोस्