नेपालगन्ज : डोटीमा भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएक छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार राति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निट्यूडको भूकम्प गएको हो ।
Advertisement 1
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
भूकम्पका कारण घर भत्किँदा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पुर्याउन लागिएको बताइएको छ ।
Advertisement 2
पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ३ घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका छन् । डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भएपनि मानवीय क्षतिको भने विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन् ।
वरिष्ठ भूकम्पविद् लोकवियज अधिकारीले भूकम्पका परकम्पनहरू गइरहेको हुनाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्