बाँके –
Advertisement 1
बाँकेमा रहेका स्थानीय तहहरुले पालिकालाई बालविवाह मुक्त घोषणा गरेको वर्षदिन भई सक्दा पनि जिल्लामा बालविवाहको अवस्था जिउका तिउ रहेको जिल्लाका सरोकारवालाहरुले बताएका छन् । नेपालले विषयमा २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाह घोषित गरेको छ भने सो अवस्थामा सम्बिलित व्यक्तिहरुलाई कारबाही गर्ने ऐन कानुन बनाएको छ । तर जिल्लामा बालविवाहको अवस्था भने नघटेको सरोकारवालाले बताएका हुन् ।
बुधबार नेपालगन्जमा रिकभरी नेपालले आयोजना गरेको लैगिंक हिंसाविरुद्ध सरोकारवालासँगको समन्वय बैठकमा उपस्थित सहभागीले जिल्लामा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको विवाह अझै पनि भई रहेको बताएका हुन् ।
Advertisement 2
सो कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाकी उप–सचिव शोभा गुरुङ, पश्चिम ताराकी संयोजक उमा सैनी, चेन्ज टिमकी रुपमा श्रेष्ठ, सामुदायिक प्रहरीकी प्रहरी सहनिरिक्षक श्याम कुमारी, ए एच एफ नेपालका संयोजक संजयकुमार पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिलसरा रानालगायत २० बढी विभिन्न पुनस्र्थापना केन्द्र तथा अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थित रहेको थियो । उनीहरुले सरकारले न्यूनतम विवाहको उमेर तोकेको भएता पनि बाँकेका विभिन्न समुदायमा अझै पनि कम उमेरमा विवाह गर्ने प्रचलन रहेको बताए ।
त्यस्तै कार्यक्रममा बाँके साक्षर जिल्ला घोषणा भए पनि जिल्लाका धेरै बालबालिका शिक्षाको पहुँचमा नभएको बताए । उनीहरुले विद्यालयमा भर्ना भएता पनि कतिपय बालबालिका नियमित विद्यालय जना नसकेको बताएका हुन् ।
Advertisement 3
साथै कार्यक्रमका सहभागीले जिल्लामा विवाहपश्चात विवाह दर्ता नहुँदासमेत पारिवारिक हकअधिकार बाट वञ्चित हुने महिलाको संख्या धेरै रहेको बताए । उनीहरुले विशेषगरी दलित समुदाय, मधेसी समुदायमा यस्तो समस्या देखिएको बताए । उनीहरुका अनुसार विवाह दर्ता नहुँदा महिलालाई घरबाट सहजै निस्कासन गरिने, धन–सम्पत्तिको अधिकारबाट वञ्चित गरिने जस्ता समस्या रहेका छन् ।
सो कार्यक्रममा सेभ द चिल्ड्रेनको साझेदारी र ग्लोबल फण्डको आर्थिक सहयोगमा संचलित छ । रिकभरी नेपालले समुदायमा देखिका यस किसिमका समस्यालाई समाधान गर्ने विशेष कार्यक्रम संचालन गर्ने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्