२०८२ मंसिर २१, शनिबार २३:५६ गते
नेपाली समय

उपाध्यक्ष बिन्दु चर्तीमगरद्वारा राप्रपा परित्यागको घोषणा

२०७९ कार्तिक २३ गते, बुधबार समय: १७:२६ मिनेट

बाँके –

Advertisement 1

राप्रपा बाँकेकी जिल्ला उपाध्यक्ष तथा चर्चित नेतृ बिन्दु चर्ती मगरले राप्रपा परित्याग गरेको घोषणा गरेकी छिन् । आज मगरले चलाउदै आएको सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

चर्ती मगरले आफ्नो सामाजिक संजालमा अगाडी लेखेकी छन् –

Advertisement 2

‘दुइ दशक भन्दा बढी समय बिताएको राप्रपा सङ्ग वडा सचिपको जिम्मेवारी सम्हाल्दै हाल जिल्ला उपाध्यक्ष पदको इमान्दारी का साथ जिम्मेवारी सम्हालदै आएको थिए ।तर आज देखि साधरण सदस्य नरहने गरि यो पार्टी परि त्याग गरेको घोषणा गर्दछु।पार्टी परि त्याग गर्न बध्यता बनाइदो रहेछ हामी जस्तो इमान्दार कार्यकर्ता केहि ब्यक्ति विशेषले गर्दा यो पार्टी छोड्न बाध्य हुदोरहेछ।आज सम्म मलाई साथ र हौसला दिनु हुने मेरा आदरणीय नेता ज्यु तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछु।’

हेर्नुस् स्क्रिन सट फोटो

सम्बन्धित समाचार