२०८२ मंसिर २२, आईतवार ००:३५ गते
नेपाली समय

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७९ कार्तिक २३ गते, बुधबार समय: १८:१० मिनेट

काठमाडौं –

Advertisement 1


पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ ।


अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

Advertisement 2


न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय ५३ रन बनाएर पूरा गर्यो ।


पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

Advertisement 3


यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित ३ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।


जेम्स निशमले अविजित १६ रन बनाए । कप्तान केन विलियम्सनले ४६ रन बनाए । डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे ।


पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो ।


पाकिस्तानले तेस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा स्थान बनाएको हो ।


यस्तै पाकिस्तान १३ वर्षपछि फाइनलमा पुगेको हो ।

सम्बन्धित समाचार